सिंह, गंगालाल , धर्मभक्त माथेमा र प्रजापरिषद्

सिंह, गंगालाल , धर्मभक्त माथेमा र प्रजापरिषद्:

गणेशमान सिंह र गंगालाल श्रेष्ठको बिहानको भेटपछि, दुबै प्रजापरिषद् खोज्नतिर लागे। नेपाल प्रजा परिषद नेपालमा राणा वंशका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि एउटा संगठन बनाइएको पहिलो प्रयास थियो।

हप्ताको एकचोटि प्रत्येक शनिबार उनीहरू पार्टीको खोजी गर्थे, र अरू दिन आ-आफ्नो जीवन जिउँथे। तर, उनीहरूले सो गुप्त पार्टीबारे केहि पत्ता लगाउन सकेनन्।

एक दिन, खोजीकै क्रममा, गणेशमान सिंहले झोँछें र ओम बहालको बीचतिर एक पहलमान व्यक्तिले तेल घसिरहेको देखे। उन्लाई यसै रन्का छुटेर आयो। एक जंगलमा दुई शेर, यो कदापि हुन सक्दैन भन्ने उनले सोचे। अनुमति बिना नै उनी घरभित्र पसेर शारीरिक चुस्तीको प्रदर्शनका लागि त्यस व्यक्तिलाई लङ्कारे।

सिंहको हार भयो।

सिंहले अझै हार मानेनन् र अर्को मौकामा, उनलाई बक्सिङ खेल्ने चुनौती दिए – पहलमान मान्छेले सिंहलाई पहिले एक दुई मुक्का हान्न दिए जसको सिंहले फाइदा उठाए।

सिंहले मौकाको धेरै फाईदा उठाएको देखेर माथेमालाई रिस उठ्यो। रिसाएर पहलमानले उनलाई नाकमा एक मुक्का हाने। सिंह बेहोस् भए।

त्यसपछि ब्युँझदा कसैले उनीमाथि गुलाब जल छर्किरहेका थिए।

ती पहलमान थिए – धर्मभक्त माथेमा, कुनै बेला बङ्गालका बक्सिङ च्याम्पिएन, र आउने दिनहरूमा सिंहका मिल्ने साथी।

एकपटक, प्रजापरिषद्ले बाँडिरहेको पर्चाहरूको कुरा गर्दा, माथेमाले सिंहलाई सो पर्चा बाहिर नपडी, आफ्नै घरभित्र मात्र पढ्ने चेतावनी दिएका थिए।

सिंहले ठाने माथेमा राणाहरूसँग डराउँथे।

प्रजापरिषद्को सदस्य:

दिनहरू बित्दै जाँदा प्रजापरिषद् भेट्टाउन नसकेको आफ्नो असमर्थतामा सिंहले निरन्तर असन्तोष व्यक्त गरिरहे। एक दिन, माथेमाले सिंहलाई गंगालाललाई बोलाउन भने। भेट लुकेर गर्नुपर्ने थियो किनकि गंगालाल राणाहरूको निगरानीमा थिए।

तीनजनाको भेट भएपछि, धर्मभक्त माथेमाले आफू प्रजापरिषद्को संस्थापक सदस्य भएको खुलासा गरे। तर सिंहले पत्याएनन्। प्रमाणस्वरूप, माथेमाले एउटा पर्चा देखाए र अब निक्लिने प्रजापरिषद्को पर्चा यहि हो भने।

प्रारम्भमा, नेपाल प्रजा परिषदले मानिसहरुका बीच हातबाट लेखिएका पर्चा बाँडेका थिए। पछी, टंक प्रसाद आचार्य भारतबाट एउटा प्रिन्टिङ् मेसिन ल्याएका थिए र संगठनले आफ्नो शासनको विरुद्ध मानिसहरुलाई प्रबुद्ध गर्नका लागि राणा वंशका विरुद्ध पर्चा वितरित गरेका थिए।

पर्चा देखएपछी सिंहले माथेमा को कुर विश्वाश गरे। पर्चा पढ्न सबैजना माथेमाको घरतिर लागे। विजेश्वरीबाट ओरालो झर्दै गर्दा, धर्मभक्त अचानक अडिए। ।

“प्रजापरिषद्को नियम यस्तो छ कि यसको सदस्य बन्नुभन्द पहिले कहिँ देवस्थानमा गएर प्रतिज्ञा गर्नुपर्छ। हामी भगवतीको मन्दिरमा आइपुगेका छौँ, त्यहि तल विजेश्वरीमा गएर प्रतिज्ञा गरौँ, कसो?” माथेमाले भने।

तीनैजना मन्दिर पसे। धर्मभक्त बीचमा उभिए, गंगालाल दायाँतिर, र सिंह बायाँतिर। भगवतीका पाउ छोएर, तीनैले प्रतिज्ञा गरे:

“आजदेखि हामी जीउ ज्यान दिएर प्रजापरिषद्लाई मजबूत पार्छौं। कदाचित् त्यो प्रक्रियामा, बीचमा कहिँ पक्राउ परियो भने बरू मरेर जानेछौँ तर सास रहुन्जेल कसैलाई धोखा दिने छैनौँ।“

यसरी, गंगालाल र सिंह प्रजापरिषद्का सदस्य बने।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर