प्रधानमन्त्री मोहन शमशेरलाई आफ्नो कर्तव्यहरूबाट सम्मानपूर्वक बिदाइ

टेलिफोन कलले बचायो

नारायणहिटी दरबारभित्र भइरहेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री मोहन शमशेरको राजीनामाका लागि सबै तयारी भइसकेको थियो। काम पूरा गर्न राजीनामाको कागजमा उनको हस्ताक्षर मात्र बाँकी थियो।

हस्ताक्षर गर्नुभन्दा ठ्याक्कै अगाडि राजा त्रिभुवन जरुरी टेलिफोन आएको भनेर बैठकबाट निस्किए। आधा घण्टापछि उनी फर्किँदा मात्र थाहा भयो कि भारतीय राजदूतावासका सचिव दरबार पुगेका थिए।

“हामी बैठकमा उनका लागि पर्खेर बस्नेहरूलाई उनले अपमान गरेका थिए। राजा भएर मन्त्रीपरिषद्को बैठक समापन नगरी बीचमै कसरी भारतीय राजदूतावासको मामुली सचिवलाई भेट्न कसरी जान मिल्छ?” गणेशमान माथवर सिंहलाई आफ्नो गुनासो पोख्छन्। सिंह र बाँकी मन्त्रीपरिषद्लाई पछि जानकारी भयो कि टेलिफोन पनि दरबारमा नभइ भारतीय राजदूतावासमा आएको थियो।

राजा त्रिभुवन त्यहाँबाट फर्किएपछि प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री वी.पी. कोइरालासँग एक-एक गरेर व्यक्तिगत रूपमा केही छलफल गरे।

भारतीय राजदूत सीपीएन सिंहले राजा त्रिभुवनलाई दिल्ली सम्झौतामा असर पर्ने कुनै किसिमको निर्णय उनीबिना नलिनुहोला भनी आग्रह गरेका छन् भनेर उनले कोइराला र मोहन शमशेरलाई बताए। राजदूत सिंह बेलुकाको ४ बजेसम्म काठमाडौँ आइपुग्ने बताएका रहेछन्।

आफ्नो पदबाट हटाइनै लागेका मोहन शमशेर खुसीले गदगद भए। उनी एक टेलिफोन कलको कारण बाँचे। गृहमन्त्री वी.पी कोइरालासँग पनि सो अनुरोधको कदर गर्नुभन्दा अरू कुनै उपाय थिएन।

भित्र जहाँ बैठक भइरहेको थियो – त्यहाँ सबैजना चकित भए। केही समयअघि मात्र मोहन शमशेरको राजीनामा तयार गरिरहेका उनीहरूलाई अहिले ४ बजेसम्म पर्खिने निर्देशन आएको थियो।

मोहन शमशेरको राजीनामाको खबर भारतसम्म कसरी पुग्यो?

यता गणेशमान सिंह राजीनामाको खबर भारतसम्म कसरी पुग्यो भन्दै आक्रोशित थिए।

“बैठक सुरू हुँदा लगभग ८:३० बजेको थियो। बैठक सम्झँदा वी.पी. कोइरालाको मन्तव्यपछि मैले आफ्नो कुरा राखेको थियो र प्रधानमन्त्री मोहन शमशेरको राजीनामाको माग गरेको थिएँ। त्यतिबेला लगभग ९:१५ बजेको हुनुपर्छ। सबैको तर्क लिएर कागजपत्र तयार गरुन्जेल ११ बजेको थियो। टेलिफोन पनि त्यहिबेला नै आएको थियो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

“मोहन शमशेरको राजीनामाको खबर भारतीय राजदूतावास, अनि दिल्ली, अनि अल्लाहबाद दुई घण्टाभित्रै कसरी पुग्यो?” सिंह विचारमग्न हुन्छन्।

“राजा वा प्रधानमन्त्री त बैठकमा हामीसँगै थिए। त्यसैले उनीहरूले खबर गरेका होइनन्। तर राजदरबारभित्र भएको बैठकको जानकारी बाहिर निस्किनु नै आपत्तिजनक थियो”, सिंह थप्छन्।

पछि सिंहले बताए कि त्यसबेला राजा त्रिभुवनका वरिपरि विश्वासिला भारतीय सल्लाहकारहरू थिए। तिनीहरूमध्ये गोविन्द नारायण नामका सल्लाहकारले बेलायत शासनको बेला देखि भारतको सेवा गरेका थिए। फर्केर सोच्दा मोहन शमशेरको राजीनामाको खबर उनैले भारतसम्म पुऱ्याएका होलान् भन्ने निचोडमा गणेशमान आइपुगेका थिए।

प्रधानमन्त्री मोहन शमशेरलाई आफ्नो कर्तव्यहरूबाट सम्मानपूर्वक बिदाइ

बैठक ४ बजेपछिका लागि स्थगित गरिएपछि मोहन शमशेर सिंहदरबार फर्किए।

सिंहलगायत नेपाली काँग्रेसका अरू मन्त्रीहरूले चिन्तित भएर वी.पी. कोइरालासँग आफ्नो विचार राखे:

“मोहन शमशेरले भरत शमशेरले गरेजस्तै बिजुली गारत प्रयोग गर्न खोजे भने के गर्ने?” सिंहले कोइरालालाई प्रश्न राख्दा वी.पी कोइरालासँग कुनै जवाफ थिएन।

“घोर बेइज्जत। जितेका हामी मूर्खजस्तो भयौँ र हारेका उनी (मोहन शमशेर) शिर उठाएर घर फर्किए”, त्यस दिनको घटनालाई सम्झँदा गणेशमान बताउँछन्।

र सोचेजस्तै भारतीय राजदूत आइपुग्दा ढिलो भयो। बैठक अर्को दिनका लागि सारियो।

अर्को दिन राजा त्रिभुवन, प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री वी.पी. कोइरालाको बैठकबाट प्रधानमन्त्री मोहन शमशेरलाई आफ्नो पदबाट निष्कासित गरिने तर सम्मानपूर्वक गरिने भनेर निष्कर्ष निस्कियो।

मोहन शमशेरको दरबार लक्ष्मी निवास मर्मतसम्भार नहुन्जेल उनलाई समय दिने सहमति भयो।

प्रधानम्नत्री मोहन शमशेरलाई बिजुली गारतले दिइरहेको सुरक्षा सेवा पनि उनले आउने दिनमा नपाउने निर्णय गरियो। बिजुली गारतलाई त्यसपछि नारायणहिटी दरबारमा सारिने सहमति भयो, जुन निर्णय १० वर्षपछि सबैले पछुताउने थिए जब राजा महेन्द्रले बिजुली गारतको तागतमा पार्टीरहित पञ्चायत व्यवस्था परिचालन गर्ने थिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर