कथाले किन २३ वर्षको फड्को माऱ्यो?
हाम्रो प्रजातन्त्र शृङ्खलालाई सँगै रहेर पछ्याउनुभएकोमा धेरै धन्यवाद। यस शृङ्खला माथवर सिंह बस्नेतजीले गणेशमान सिंहजीसँगका कुराकानीमा आधारित भएर लेख्नुभएको जीवनकथा “मेरो कथाका पानाहरू”मा आधारित छ। त्यसैले यो कथाले २००९ सालबाट २३ वर्षको फड्को मारेर २०३२ साल पुग्नुको कारण प्रष्ट्याउन उहाँ नै सबैभन्दा उपयुक्त व्यक्ति हुनुहुन्छ ठान्दै हामीले उहाँका केही शब्द यहाँ उल्लेख गरेका छौँ।
लेखक माथवर सिंह बस्नेतका शब्दमा:
गणेशमान सिंहको जीवनकथालाई ६ खण्डमा विभाजित गरेर मेरो कथाका पानाहरू प्रकाशन गरिएको हो। नेपाली काँग्रेसबाट मातृकाप्रसाद कोइरालाको निलम्बन, र उनले त्यसपछि आफैले राष्ट्रिय प्रजा पार्टीको स्थापना गरेपछि त्रिभुवनले उनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको भागसम्म पुग्दा तेस्रो खण्ड अन्त्य हुन्छ। सोझै हिसाब गर्दा, कथा त्यहीँबाट अघि बढ्नुपर्ने हो।
२००९ सालबाट २०३२ सालसम्म केहि महत्त्वपूर्ण घटनाहरू नभएको चाहिँ होइन – वास्तवमा, धेरै घटनाहरू यस्ता थिए जसले नेपालमा प्रजातन्त्रको सङ्घर्षको अर्को चरणलाई रूप दिए। २००९ देखि २०१३ सालसम्म गणेशमान सिंहले नेपालका सम्पूर्ण जिल्लाहरू भ्रमण गरे र जनताका लोकप्रिय नेता बने।
विगतमा, जनताले उनका कहानीहरू सुनेका मात्र थिए। यसबेला उनी गाउँ-गाउँ पुग्दा, उनी धेरैको मनमा बस्न सफल भए।
यसैगरि, २०१५ सालमा नेपालमा पहिलोपटक आम निर्वाचन भयो जसमा नेपाली काँग्रेसले विजय हाँसिल गऱ्यो। निर्वाचन गरेर विजयी भएका वी.पी कोइराला नेपाल्को पहिलो प्रजातान्त्रिक प्रधानमन्त्री हुन पुगे।
राजा महेन्द्रले निर्दलीय पञ्चायत व्यवस्था भित्राए
नयाँ सरकार गठन भएपछि हरेक क्षेत्रमा धमाधम काम हुन थाल्यो। २०१६ सालमा नेपाल इज्राइललाई मान्यता दिने दक्षिण-एसियामै पहिलो राष्ट्र बन्यो। सँगसँगै काठमाडौँमा इज्राइलको दूतावासको पनि स्थापना भयो। तर नेपालको प्रजातान्त्रिक इतिहास अल्पआयुमै रोकियो।
२०१७ साल पुष १२ गते राजा महेन्द्रले वी.पी. कोइरालाको सरकार विघटन गरेर निर्दलीय पञ्चायत व्यवस्थाको आरम्भ गरे।
मेरो कथाका पानाहरूको चौथो खण्ड २०३२ देखि सुरू हुन्छ, जब दुवै वी.पी. कोइराला र गणेशमान सिंह भारतको निर्वासनबाट नेपाल फर्कन्छन्। कथाको निकै ठूलो भाग छुटेजस्तो आभास हुन सक्छ तर यो सम्पादकीय निर्णय थियो जसले आउँदा घटनाहरूलाई खुलस्त गराउनेछ।
पक्कै पनि हामी कतिपय महत्त्वपूर्ण घटनालाई प्रसंगअनुरूप स्मृतिस्मरण गर्नेछौँ।
प्रजातन्त्र हासिल गर्ने वी.पी. कोइरालाका चार सिद्धान्त
प्रजातन्त्र हासिल गर्न वी.पी. कोइरालाका चार सिद्धान्त थिए:
२०३९ मा वी.पी. कोइरालाको मृत्युपश्चात नेपाली काँग्रेसको नेतृत्व गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको काँधमा पऱ्यो। सिंहलगायत अरू नेताहरूले पनि वी.पी.कै सिद्धान्तमा आधारित रहेर प्रजातन्त्रको स्थापनामा अघि बढ्न खोजे तर कुनै परिवर्तन ल्याउन सफल भएनन्।
अन्तत: नेपालमा प्रजातन्त्र पुन:स्थापना गर्न पार्टीले राजाको विरोध गर्नैपर्ने, कम्युनिष्टहरूसँग सहकार्य गर्नैपर्ने र जन आन्दोलन गर्नैपर्ने निचोडमा आएपछि २०४६ सालको जनआन्दोलन भएको हो।
त्यसैले कथाले २००९ बाट २०३२सम्म फड्को मारेको हो ताकि आउने पुस्ताले नेपालको प्रजातन्त्रको इतिहासको पथलाई स्पष्टरूपम बुझ्न सकून्।