प्रजातन्त्र शृङ्खला: गणेशमान सिंहको जीवन र मान्यताहरू

गणेशमान सिंहको जीवन र मान्यताहरू:

यस प्रजातन्त्र शृङ्खला तपाईंहरू माझ ल्याउन पाउँदा गणेशमान सिंह फाउन्डेसन गर्वान्वीत र उत्साहित छ । यस वर्ष, हप्ताको हरेक मंगलबार, हामी तपाईंलाई हाम्रा श्रद्देय नेताज्यूको असाधारण जीवनको नजिक लैजानेछौँ। हामीलाई आशा छ कि उहाँका कथाले हामीलाई जस्तै तपाईंलाई पनि प्रेरित गर्नेछन्।

फाउन्डेसन Aawaaj News र Quixote’s Cove लाई पनि धन्यवाद दिन्छ। हामी खुसी छौँ कि हामी उहि मान्यतामा विश्वास गर्दछौँ। तपाईंहरू माझ यी कथाहरू ल्याउन उहाँहरूले गर्नुभएको निरन्तर प्रयासका लागि आभार प्रकट गर्दछौँ। हामी माथवर सिंह बस्नेतज्यूलाई विशेष धन्यवाद टक्राउँछौँ । उहाँको किताब ‘गणेशमान सिंह – मेरा कथाका पानाहरू’ले विभिन्न संसकरणमा गणेशमान सिंह ज्यूको जीवनभित्र अद्वितीय दृष्टिकोण दिन्छ, जसका बिना यस शृङ्खला पुन:प्रकाशित गर्न असम्भव थियो।

किन प्रजातन्त्र?

तस्विर: मीन बज्रचार्य

धेरै जसो प्रजातान्त्रिक देशहरूमा, प्रजातन्त्रलाई सजिलै लिइन्छ। यसको मान्यताहरूबारे विचार नै नगरी यसलाई सधैँ सजिलै पाउने र अभ्यास गरिने अधिकार जसरी हेरिन्छ।

प्राय: जनतालाई त्यतिबेला मात्र प्रजातन्त्रको महत्त्वको आभास हुन्छ जब उनीहरूको आफ्नो स्वतन्त्रता संकटमा पर्छ।

सोच्ने हो भने, आधुनिक इतिहासभरि, जहिले पनि एक पक्ष प्रजातन्त्र पाउनका लागि लडिरहेको हुन्छ र अर्को त्यसलाई दबाउन। कतिपय अवस्थामा दमनकारीले जित्छन् र प्राय: सो हुन्छ किनकि जनताले प्रजातान्त्रिक मान्यताहरूको महत्त्व बारे बुझ्न चासो दिएका हुँदैनन्।

गणेशमान सिंह फाउन्डेसनका लागि प्रजातन्त्र एक सुन्दर सिद्दान्त हो, जसलाई कदर गरिनुपर्छ, पालन गरिनुपर्छ र जसको उत्सव मनाइनुपर्छ। प्रजातान्त्रिक हुनु भनेको मलाई मेरो विचार राख्ने अनुमति हुनु हो – बस मेरा टिप्पणी कुनै व्यक्ति वा समुदायको लागि हानिकर हुनुभएन। प्रजातान्त्रिक हुनु भनेको यदि मलाई प्रतिनिधित्वको कमी महसुसु भएमा आफ्नै पार्टी गठन गरेर वा राजनीतिक भेला आयोजना गरेर सो मुद्दाको सम्बोधन गर्न सक्नु हो। प्रजातान्त्रिक हुनु भनेको, मलाई एक नागरिक भएको नाताले संविधानले दिने मौलिक अधिकारको अभ्यास गर्ने अनुमति हुनु हो।

किन गणेशमान सिंह?

किनकि उनी महान् भएर बिते तर जीवीत छँदा उनी तपाईं र म जतिकै साधारण थिए। उनको महानताको पथको यात्रा
चाहिँ, असाधारण छ।

आउँदा वर्षमा, हाम्रा कथाहरूले तपाईंलाई गणेशमान सिंहको जीवन समीप लैजानेछन्। उनी कहाँ जन्मिए देखि कसरी सानै उमेरबाट क्रान्तिको बीज रोपियोसम्म; जब उनी अद्भूत रूपमा भद्रगोल जेलबाट भागेर काठमाण्डौ देखि भारतको लामो कठिन पैदल यात्रामा निस्किए; उनीसँग एउटै जेलको कोठामा बसेका लोकप्रिय लेखक सिद्धिचरण श्रेष्ठले उनका लागि कविता लेखेको बेला र अर्को समय जब उनी सिन्धुलीको एक घरमा बास बसे; नेपाली कांग्रेसको जन्मदेखि राना शासनको पराजयसम्म; उनले सुन्दरीजलको जेलमा बिताएको समय देखि २०४६ सालको आन्दोलनसम्म – सबै अनुभवहरू, जसकारण उनी महान् नेता बन्न सके।

तपाईंहरूलाई यी कथाहरू यस शृङ्खलामार्फत प्रस्तुत गर्न हामी आतुर छौँ

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर